Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

प्रिसा साह

भारतमै गरियो प्रिसा साहको अत्येष्टि

भारतमै गरियो प्रिसा साहको अत्येष्टि

विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी प्रिसा साहको अन्येष्टि भारतमै गरिएको छ ।

  • काठमाडौं। भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी प्रिसा साहको अन्येष्टि भारतमै गरिएको छ । अन्त्यष्टिपछि उनका अभिभावक आज नेपाल फर्कंदै छन् ।

    images
    images
    images

    साह यही वैशाख १८ गते केआईआईटीको होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

    ‘प्रिसा साहको अन्त्यष्टि भारतमै शनिबार साँझ भएको हो । उनका अभिभावक आएपछि भारतमै अन्येष्टि गर्ने निर्णय गर्नुभएको थियो । आज (सोमबार) उनका अभिभावक नेपाल फर्कंदै हुनुहन्छ,’ भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतले भन्यो ।

    प्रिसा वीरगन्ज महानगरपालिका–१५ स्थित भिस्वा टोलकी वासिन्दा हुन् । उनको ‘आत्महत्या’ बारे स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको नेपाली दूतावासले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij