
May 08 2025 | २०८२, वैशाख २५ गते
जिल्ला पार्टी कार्यालयमा भएको भेलाका क्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो ।
काठमाडौं । राष्ट्रिय युवा संघ पर्वतको विस्तारित भेलामा झडप भएको छ । जिल्ला पार्टी कार्यालयमा भएको भेलाका क्रममा दुई पक्षबीच विवाद भएपछि झडप भएको हो ।
झडपमा परी एमाले प्रदेश कमिटी सदस्य एवम् युवा संघका केन्द्रीय सदस्य अर्जुन पौडेलसहितका नेता घाइते भएका छन् । पौडेलको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ ।
एक पक्षले पार्टी पदाधिकारी माथि हातपात गर्न थालेपछि झडपको स्थिति भएको अर्को पक्षको दाबी छ । युवा संघका अध्यक्ष विनोद थापा र सचिव प्रकाश थकाली अधिवेशन नगर्ने पक्षमा थिए । तर, एमाले पर्वतको पहलमा बोलाइएको अधिवेशनमा झडप हुँदा पौडेल घाइते भएका हुन् । एमाले पर्वतका अध्यक्ष गोविन्द गिरीले आफुलाई आक्रमण हुँदा असमझदारी भएको दाबी गरे ।
केन्द्रीय सचिव एवम् प्रदेश इञ्चार्ज पर्वत भण्डारीले अधिवेशन नभइ विस्तारित भेला भएको बताए । ‘अधिवेशन होइन, विस्तारित भेला हो । केही साथीहरुको सामान्य असमझदारी सिर्जना भएपछि आयोजक कमिटि बनाऔं भनेर भेला बेलाएका हौं,’ उनले भने, ‘केही भएको छैन । साथीहरुको सामान्य असमझदारी भएको हो ।’
चैत १५ भित्र अधिवेशन गर्न नसकेको शाखाहरुमा जिल्ला अध्यक्ष स्वत संयोजक हुने र अधिवेशन गर्ने गरी केन्द्रबाटै निर्णय भएको भण्डारीले दाबी गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij