Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्रीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवकोले प्रधानमन्त्री निवास बालुवाटारमा आज भेट गरेका छन् । 

    images
    images
    images

    भेटमा भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भारतको पहलगाममा गत २२ अप्रिलमा आतंकवादी आक्रमणका भएको थियो । उक्त घटनामा एक नेपालीसहित २८ जनाले ज्यान गुमाएका थिए ।

    श्रीवास्तवले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरे पनि जेट हमला गरेको भन्ने प्रचार झुटो भएको बताए थिए ।

    राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको पनि सचिवालयले जनाएको छ ।

    भेटमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतंकवादी हमलाको भत्र्सना गरेका थिए ।

    नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रधानमन्त्रीले स्पष्ट गरेको ओलीको सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij