
May 09 2025 | २०८२, वैशाख २६ गते
साधारण सभाले एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ बजेट पारित
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक वर्षको लागि बजेट पारित गरेको छ ।
काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न साधारण सभाले २०८१/८२ को लागि डेढ अर्ब माथिको बजेट पारित गरेको हो।
साधारण सभाले एक अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ बजेट पारित गरेको एन्फा प्रवक्ता सुरेश शाहले बजेट बढेको जानकारी दिए ।
पछिल्लो वर्षको पूर्वाधारको बजेट यस आर्थिक वर्ष थपिएकोले धेरै भएको प्रवक्ता शाहले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij