
May 05 2025 | २०८२, वैशाख २२ गते
काठमाडौं । नेपाल किक बक्सिङ संघ भक्तपुर जिल्ला समितिको आयोजनामा भक्तपुरमा पहिलो पटक आयोजित फुल कन्ट्याक्ट किक बक्सिङ प्रतियोगिताको उपाधि आयोजक टिम भक्तपुरले जितेको छ ।
वैशाख १९ र २० गते सम्पन्न प्रतियोगितामा भक्तपुरले ३ स्वर्ण र ४ रजत पदक सहित उपाधि चुम्दा, मेन रोजो रंगशाला २ स्वर्ण सहित दोस्रो र फाइट क्लब १ स्वर्ण र २ रजत सहित तेस्रो स्थानमा रहे ।
प्रतियोगितामा पुरुष तथा महिला तर्फ गरी ११ तौल समूहमा खेलहरू सञ्चालन गरिए भने दुई वटा प्रो फाइट पनि आयोजना गरिएको थियो। उत्कृष्ट महिला खेलाडी अस्मिता दोङ तामाङ र पुरुष तर्फ सुनिम श्रेष्ठ घोषित भए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij