Logo

May 05 2025 | २०८२, वैशाख २२ गते

May 05 2025 | २०८२, वैशाख २२ गते

पोर्चुगल

पोर्चुगलले गैरकानुनी विदेशीलाई निकाला गर्ने

पोर्चुगलले गैरकानुनी विदेशीलाई निकाला गर्ने

अनुमति बिना देशमा बसिरहेका १८ हजार विदेशी नागरिकहरुलाई देश निकाला गर्ने

  • काठमाडौं । पोर्चुगलले अनुमति बिना देशमा बसिरहेका १८ हजार विदेशी नागरिकहरुलाई देश निकाला गर्ने भएको छ ।

    images
    images
    images

    पोर्चुगलको काम चलाउ सरकारले आम चुनावको अभियान चलिरहेको बेला यस्तो निर्णय गरेको एक मन्त्रीले शनिबार बताएको समाचार संस्था एपीले बनाएका छन् । सरकारका एक मन्त्री एन्टोनियो लिताओ अमारोले लगभग १८ हजार  गैरकानुनी रुपमा बसिरहेका विदेशीहरुलाई सरकारले देश छाड्न सूचना दिने बताए । 

    उनका अनुसार आउँदो हप्ताबाट यो प्रक्रिया सुरु गरिने र पहिलो चरणमा करिब ४५ हजार जनालाई २० दिन भित्र देश छोड्न भनिने बताइएको छ । पोर्चुगलमा आउँदो मे १८ मा आम चुनाव हुँदैछ । त्यहाँका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले संसदमा बहुमत गुमाएपछि राजीनामा दिएर आमचुनाव घोषणा गरेका थिए ।

    पछिला दिनमा युरोपमा झँङ्गिदै गइरहेको लोकप्रियतावाद र राष्ट्रवादको आँधीले पोर्चुगलमा प्रभाव पार्न थालेको र त्यहाँको एक उग्र दक्षिणपन्थी पार्टीले गत वर्षको चुनावमा मत बढाएर तेस्रो स्थान प्राप्त गरेको थियो ।
    पोर्चुगल सरकारको यो निर्णयले नेपालीहरुलाई पनि असर पार्न सक्छ किनभने पोर्चुगलमा धेरै नेपालीहरुको बसोबास रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij