Jun 08 2026 | २०८३, जेठ २५ गते
काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण इन्डियन प्रिमियर लिग (आईपीएल) एक हप्ताका लागि स्थगित गरिएको छ।
आईपीएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गर्दै एक हप्ताका लागि स्थगित गरिएको जनाएको हो।
पोस्टमा भनिएको छ,‘आईपीएल २०२५ तत्काल लागू हुने गरी एक हप्ताको लागि स्थगित गरिएको छ।’
बिहीबार जम्मू र पठानकोटमा रेड अलर्ट जारी भएपछि धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको आईपीएल खेल बीचैमा रद्द गरिएको थियो।
यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तान सुपर लिग (पीएसएल)का बाँकी खेल संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गर्ने निर्णय गरेको थियो।
पीएसएलमा अझै आठ खेल खेल्न बाँकी छन्। रावलपिंडी, मुल्तान र लाहोरमा हुने भनिएका यी खेलहरू युएईमा हुनेछन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij