Logo

Jun 23 2025 | २०८२, असार ९ गते

Jun 23 2025 | २०८२, असार ९ गते

किभमा भएको नयाँ रुसी हवाई आक्रमणमा चार जनाको मृत्यु

किभमा भएको नयाँ रुसी हवाई आक्रमणमा चार जनाको मृत्यु

  • काठमाडौं । युक्रेनी गृहमन्त्री इहोर क्लाइमेन्कोले युक्रेनी राजधानी कीभमा रातभर रुसले गरेको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको बताएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा यी आक्रमणहरूको बारेमा जानकारी दिँदै इहोर क्लिमेन्कोले लेखे – यस आक्रमणमा आवासीय क्षेत्र, अस्पताल र खेलकुद पूर्वाधारलाई लक्षित गरिएको छ ।

    images

    “शेभचेन्केभ्स्की जिल्लामा रहेको एक अग्लो आवासीय भवनको सम्पूर्ण भाग भत्किएको छ र केही मानिसहरू अझै पनि भग्नावशेषमुनि फसेका छन्,” उनले भने ।

    किभ क्षेत्रीय प्रमुख माइकोला कलाश्निकका अनुसार आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

    युक्रेनको आपतकालीन सेवा डीएसएनएसले किभमा दुई बालबालिका र एक गर्भवती महिलासहित जम्मा १३ जना घाइते भएको बताएको छ । रुसी सेनाले आक्रमणको बारेमा कुनै टिप्पणी गरेको छैन ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij