
Jun 23 2025 | २०८२, असार ९ गते
काठमाडौं । फिल्म,फर्कीफर्की कानुनी झमेलामा फसेको छ । फिल्ममा आफ्नो वास्तविक नम्बर प्रयोग गरिएको भन्दै नरेन्द्रकुमार श्रेष्ठले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् ।
आफ्नो मोबाइल नम्बर दुरुपयोग गरिएको र एमएसएम ओटीटी प्ल्याटर्फममा पनि मोबाइल नम्बर नहटाइएकाले आफूलाई मानसिक र शारीरिक रूपमा नै हानि पुगेको भन्दै उनले मुद्दा दायर गरेका हुन् ।
फिल्मको एउटा संवादमा नायक अनमोल केसीले अभिनेत्री जसिता गुरुङलाई नम्बर दिने क्रममा दिएको नम्बर श्रेष्ठको परेको थियो । सो नम्बरमा अनमोल केसीको नम्बर ठानेर प्रशंसकहरूले फोन गर्दै गर्दा श्रेष्ठ दिक्क भएका थिए ।
उनले अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, केन्द्रीय जाँच पास समिति, निर्माता रोहित अधिकारीलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका छन् । गत वर्षको जेठ १० बाट प्रदर्शनमा आएको फिल्मले गतिलो व्यापार गर्न सकेको थिएन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij