Logo

Jun 26 2025 | २०८२, असार १२ गते

Jun 26 2025 | २०८२, असार १२ गते

मुग्लिन-नारायणगढ सडक

मुग्लिन-नारायणगढ सडक खण्ड दुई घण्टा बन्द रहने

मुग्लिन-नारायणगढ सडक खण्ड दुई घण्टा बन्द रहने

तुइन खोला पुल नजिकै पहिरोको जोखिम उच्च

  • काठमाडौं । मुग्लिन-नारायणगढ सडकअन्तर्गत चितवनको तुइनखोला क्षेत्र आज दिउँसो २ घण्टा बन्द रहने भएको छ ।

    images
    images
    images

    तुइन खोला पुल नजिकै पहिरोको जोखिम उच्च रही कुनै पनि समयमा माथिबाट ढुंगा झर्ने र सम्भावित दुर्घटना हुन सक्ने भएकोले सडक डिभिजन भरतपुरले हाल ढुंगा झार्ने काम गरिरहेकाले सडक केहीबेर अवरुद्ध हुने भएको हो ।

    images

    सम्भावित दुर्घटनालाई न्यूनीकरणका लागि सडक डिभिजनबाट लङ बूम स्काभेटर प्रयोग गरि ढुंगा झार्ने काम अझै कायमै रहेको हुँदा आज बिहीबार दिउँसो १ बजेदेखि ३ बजेसम्म करिब २ घण्टा जति पुनः सवारी आवागमन बन्द रहने कार्यालयले जनाएको छ ।

    उक्त अवधिभर आफ्नो लेन अनुशासनमा रही सवारीसाधन रोक्न सडक डिभिजनले अनुरोध गरेको छ । पहिलोपटक रोकिएका सवारीसाधनको आवागमन खुला गरि पुनः अहिले काम भइरहेको इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij