
Jul 01 2025 | २०८२, असार १७ गते
काठमाडौं । विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि नीजि हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मंगलबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त, समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षरपछि गृहमन्त्री रमेश लेखकले सम्झौता अनुसार काठमाडौं उपत्यकाभित्र जोखिम उत्पन्न हुँदा नागरिकको उद्दार गर्न वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निशुल्क उद्दार गर्ने जानकारी दिए ।
त्यस्तै,उनका अनुसार काठमाडौं उपत्यका बाहिरको उद्धारमा नेपाली सेनाको हेलिकप्टर अपर्याप्त भएको अवस्थामा सरकारले संघबाट उपत्यका बाहिर पनि सेवा लिनपर्ने र अपरेशन शुल्क मात्र लिएर उद्दार गरिने पनि सम्झौतापत्रमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij