Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

उद्घाटन समारोह

नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवद्र्धनमा योगदानको अपेक्षा

नागार्जुन रिसोर्टको उद्घाटन, पर्यटन प्रवद्र्धनमा योगदानको अपेक्षा

वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक विशेष समारोहका बीच रिसोर्टको उद्घाटन गरेका हुन्

  • काठमाडौं । तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको भव्य उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ। काठमाडौंको शान्त वातावरणमा अवस्थित यस रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा ठूलो योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक विशेष समारोहका बीच रिसोर्टको उद्घाटन गरेका हुन् ।

    AGNI GROUP

    कार्यक्रममा मन्त्री साहीले पर्यटन क्षेत्रमा यस्तो रिसोर्टको ठूलो सम्भावना रहेको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । वन मन्त्री शाहीले वन, आरक्षण, संरक्षितक्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दे यसलार्य पर्यटन क्षेत्रसंग जोड्नु पर्ने बताए ।

    सो अवसरमा स्वामी आनन्द अरुणले नेपाललाई पर्यटनका लागि स्वर्ण भूमि भन्दै, विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए ।

    नेपाललाई प्रकृतिले दिएको तर प्रयोगमा बिवेक नपुगेको भन्दै सुनको खानीमा बसेर अबसरका लागि भौतारिरहेको उनको भनाई थियो ।

    कार्यक्रममा तारकेश्वर नगरपालीका प्रमुख कृष्णहरी महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, ३ नम्बर वडा अध्यक्ष परशुराम अर्यालले यस क्षेत्रको पर्यटन बिकासका लागि महत्वपूर्ण संरचना थपिएको जानकारी दिए । कार्यक्रममा वरिष्ठ सेफ गोविन्दनरसिंह केसी नेपाल स्तरिय पर्यटकहरुलाई उत्कृष्ठ सेवा दिन सक्षम रहेको बताए ।

    कार्यक्रममा संञ्चालक निरोज पन्त , व्यवस्थापन समिति सदस्य तथा अन्य सम्मानित अतिथिहरूले मन्तव्य राख्दै रिसोर्टले आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने तथा समग्र समुदायलाई लाभ पु¥याउने लक्ष्य रहेको स्पष्ट पारे।

    सहभागिहरूले रिसोर्टको पूर्वाधार, सेवा सुविधा तथा प्राकृतिक वातावरणको खुलेर प्रशंसा गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट