Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

कक्षा ११-१२ का विद्यार्थीलाई काठमाडौं महानगरको छात्रवृत्ति, यसरी दिनुहोस् आवेदन

कक्षा ११-१२ का विद्यार्थीलाई काठमाडौं महानगरको छात्रवृत्ति, यसरी दिनुहोस् आवेदन

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृतिको लागि आवेदन खुला गरेको छ ।

    images
    images
    images

    महानगरले बुधबार एक सूचना प्रकाशित गर्दै काठमाडौं महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा आगामी शैक्षिकशत्रको कक्षा ११ र १२ मा छात्रवृति कोटामा अध्ययन गर्न चाहने एसइइ उतिर्ण विद्यार्थीहरुका लागि आवेदन खुला गरिएको हो ।

    images

    इच्छुक विद्यार्थीहरूले १८ असारदेखि २७ असारसम्म अनलाइन आवेदन फाराम भर्न सक्ने सूचनामा जनाइएको छ । प्रवेश परीक्षा भने आगामी ३ साउन बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने जनाइएको छ । परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिने महानगरले जनाएको छ ।

    महानगरपालिकाको वेबसाइट entrance.kathmandu.gov.np बाट अनलाइन आवेदन दिन सक्ने महानगरले जनाएको छ ।

    सूचनामा उल्लेख गरिएअनुसार, विद्यालयगत छात्रवृत्तिको कोटा र परीक्षा केन्द्र सम्बन्धी विस्तृत विवरण पछि प्रकाशन गरिनेछ । थप जानकारीका लागि काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट www.kathmandu.gov.np हेर्न सकिने सूचनामा उल्लेख छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij