
Jul 03 2025 | २०८२, असार १९ गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार क्षेत्रबाट करिब ५ किलो ३० ग्राम गाँजा जस्तो देखिने अवैध लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
थाई लायोन एयरको उडानमार्फत बैंककबाट काठमाडौं आएका ३१ वर्षीय MUHAMMED ISSA KAKKIRICHAL PUTHIYYAPURAYIL लाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले उनको लगेज चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
जाँचको क्रममा उनको लगेजभित्र लुकाइछिपाई ल्याइएको लागूऔषध बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको थियो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको विमानस्थल सुरक्षा स्रोतले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij