Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

जगदम्बा स्टिल उद्योगको भट्टी विस्फोट, एक घाइते

  • काठमाडौं । बारामा रहेको जगदम्बा स्टिल उद्योगको फलाम पगाल्ने भट्टी विस्फोट हुँदा एक जना घाइते भएका छन । भारतको सितामढी निवासी ३५ वर्षीय क्रेन चालक अशोक बैठा विस्फोटमा परी घाइते भएका हुन ।

    images
    images
    images

    उनको हातमा सामान्य चोटपटक लागेको छ र परवानीपुरमा रहेको एलएस न्युरो एन्ड जनरल अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images

    इलाका प्रहरी कार्यालय सिमराका डिएसपी वेदप्रकाश जोशीका अनुसार जितपुरसिमरा उपमहानगरपालिका–२ मा रहेको सो उद्योगको भट्टीमा बुधवार राति शक्तिशाली विस्फोट भएको हो । भट्टीमा अत्यधिक तापक्रम वृद्धि भएको वा कुनै प्रकारको रासायनिक रिसाव (लिकेज) का कारण विस्फोट भएको हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए ।

    यद्यपि, विस्फोटको ठोस कारण पत्ता लगाउन थप अनुसन्धान भईरहेको उनले बताए । उद्योगमा भएको भौतिक क्षतिको विवरण सङ्कलन कार्य जारी रहेको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij