Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

राष्ट्रिय अनुसन्धानका पूर्वकर्मचारी पक्राउ

  • काठमाडौं । रौतहटको गौरबाट शसस्त्र प्रहरीले स्रोत नखुलेको दुई लाख ५० हजार रुपैयाँ नगदसहित राष्ट्रिय अनुसन्धानको पूर्वकर्मचारीलाई पक्राउ गरेको छ ।

    images
    images
    images

    मंगलबार दिउँसो राष्ट्रिय अनुसन्धान कार्यालयका पूर्वकर्मचारी जितेन्द्र राउतलाई गौर भन्सार कार्यालय अगाडीबाट स्रोत नखुलेको २ लाख ५० हजार रुपैंयासहित सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको हो ।

    images
    भारत बाट नेपालतर्फ बिआर ३० एल ६९४७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका राउतलाई गौर भन्सार रोडमा खटिएका सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो ।

    टाउकोमा लगाएको हेलमेट भित्र लुकाएर रकम ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले राउतलाई पक्राउ गरेको सशस्त्र प्रहरी बलको नम्बर ११ गणले जनाएको छ ।

    बरामद भएको नगद सहित राउतलाई आवश्यक कारबाहीका लागी भन्सार कार्यालय, गौर पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij