Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

  • काठमाडौँ । नागार्जुनबाट बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–१० स्युचाटर बस्ने सिन्धुली दुधौली नगरपालिका–३ घर भएका ३० वर्षीय विक्रम चौहानलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    उनलाई उच्च अदालत पाटनको २०८० जेठ २ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद, ६ लाख १० हजार रुपैयाँ जरिवाना र क्षतिपूर्ति बापत २० हजार ४ सय रुपैयाँ पीडित राहत कोषमा बुझाउने पर्ने सजाय ठहर गरेको थियो ।

    images

    त्यसलगत्तै फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका–१० स्युचाटारबाट पक्राउ गरेको हो ।

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij