Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । गैरकानुनी रूपमा डेटिङ एप तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले ६ जना चिनियाँ नागरिकसहित ५२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले ललितपुर महानगरपालिका–४ दमकल चोकस्थित एक घरमा ‘सोसियल सफ्टवेयर डेभलपमेन्ट कम्पनी’को नाममा दर्ता गरिएको संस्थाबाट कल सेन्टर तथा मेटो डेटिङ एप सञ्चालन गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।
उक्त कम्पनीले काठमाडौं महानगरपालिका–१३ चागलस्थित अर्को घरमा शाखा स्थापना गरी नेपाली युवतीहरूलाई प्रलोभनमा पारी अनलाइन डेटिङ स्क्याम तथा क्रिप्टो कारोबार गराउँदै आएको प्रहरीको दाबी छ ।
प्रहरीले घटनास्थलबाट स्रोत नखुलेको १३ लाख ९९ हजार ९५० रुपैयाँ, सात थान ल्यापटप र ५४ थान मोबाइलसमेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेकामध्ये छ जना चिनियाँ नागरिकमाथि अभौतिक मुद्रासम्बन्धी मुद्दा दर्ता गरिएको छ भने अन्य ४६ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij