Logo

Jul 04 2025 | २०८२, असार २० गते

Jul 04 2025 | २०८२, असार २० गते

भ्रष्टाचार

काल्पनिक विद्यालय खडागरी भ्रष्टाचार

काल्पनिक विद्यालय खडागरी भ्रष्टाचार

  • काठमाडौं । काल्पनिक विद्यालय खडा गरेर भवन निर्माण गरेको फर्जी विवरणका आधारमा भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

    images
    images
    images

    जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन प्रमुख रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, फर्जी निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष सङ्गीता बुढाविरुद्ध मुद्दा दायर भएको हो ।

    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको हो ।

    उनीहरूले डोल्पाको तत्कालीन दुनै गाविस वड नं.२ /३ का कुनै पनि स्थानमा नरहेको विद्यालय दुर्गा प्रावि तिप्लाको नाममा भवन निर्माणको योजना पारेर भ्रष्टाचार गरेको आरोप छ ।

    अख्तियारका अनुसार तत्कालीन दुनै गाविस वडा नं.२ /३ तिप्लामा दुर्गा प्राथमिक विद्यालयको नामबाट हालसम्म कुनै पनि विद्यालय सञ्चालनमा छैन । हालको ठूलीभेरी नगरपालिका वडा नं. ४ साविक दुनै गाविस वडा नं. २ / ३ मा एउटै मात्र श्री लालीगुँरास आधारभूत विद्यालय सञ्चालनमा छ ।

    images

    अख्तियारले यस सम्बन्धमा परेको उजुरी छानबिन गर्दा विद्यालय निर्माणका लागि आर्थिक वर्ष २०६७/६८ मा तत्कालीन शान्ति तथा पुननिर्माण मन्त्रालयबाट कुनै पनि रकम नआएको र भवन पनि नबनेको जिल्ला शिक्षा कार्यालय डोल्पाले पत्र पठाएको थियो । अख्तियारबाट खटिएको प्राविधिक टोलीले गरेको स्थलगत मुचुल्काबाट समेत उक्त कुरा पुष्टि भएको थियो ।

    उनीहरूले हुँदै नभएको विद्यालयको नाममा सात लाख ६० हजार रुपैयाँ रकम निकासा गरी फर्जी उपभोक्ता समिति गठन गरी दुईकोठे भवन निर्माण गरेको विवरण देखाएर चेकमार्फत भुक्तानी लिएको पाइएको छ ।

    प्रतिवादी सबैबाट जनही सात लाख ६० हजार रुपैयाँ बिगो असुलउपरसहित कसुरअनुसारको सजाय मागदाबी गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij