
Jul 04 2025 | २०८२, असार २० गते
काठमाडौं । कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका–६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
शुक्रबार बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।
जिल्ला प्रहरी कार्यालय, कालीकोटका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावलले भने, “अविरल वर्षाका कारण राजमार्गमा यात्रा गर्दा अत्यन्त जोखिम भएका कारण आवश्यक सजगता अपनाउन हुनसमेत अनुरोध गर्दछौँ ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij