
Jul 07 2025 | २०८२, असार २३ गते
काठमाडौं । ताप्लेजुङमा तीन सातापछि हवाई उडान भएको छ । खराब मौसमका कारण गएको जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प थियो ।
नेपाल एयरलाइन्सको जहाजले आज काठमाडौंबाट चार यात्रु बोकेर आएको थियो भने ताप्लेजुङबाट सोही विमानमा पाँच यात्रु काठमाडौं प्रस्थान गरेका छन् ।
मौसमकै कारण असारयता ६ वटा उडान प्रभावित भएका नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिए । बर्खायाम शुरू भएसँगै प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदै आएका उनले बताए ।
हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौं–ताप्लेजुङ–काठमाडौंका लागि हवाई उडानको तालिका रहेको छ ।
ताप्लेजुङबाट काठमाडौं सम्म प्रति व्यक्ति रु नौ हजार २०० भाडा दर कायम गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij