
Jul 08 2025 | २०८२, असार २४ गते
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र विश्व व्यापार संगठनका प्रतिनिधि माशिहिरो हायाफूजीबीच शिष्टाचार भेट भएको छ ।
भेटमा नेपालको हालको व्यापार नीतिको निरन्तर सुधार, निर्यात प्रवर्धन, लगानी मैत्री वातावरण निर्माण तथा सो संगठनसँगको सहकार्यका विषयमा छलफल भएको थियो ।
विशेषगरी नेपालको व्यापारको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी उपस्थिति जनाउने उपायबारे छलफल भएको हो ।
भेटघाटमा नेपालको व्यापार नीति अझ प्रभावकारी बनाउने, विदेशी लगानीलाई आकर्षित गर्ने, युवा उद्यमशीलतालाई प्रवर्धन गर्ने तथा वस्तु र सेवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सघाउने अपेक्षा गरिएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij