
Jul 09 2025 | २०८२, असार २५ गते
काठमाडौं । सरकारले ललितपुरको महालक्ष्मी नगरपालिकासहित तीन पालिकाको केन्द्र परिवर्तन गरेको छ । महालक्ष्मी नगपालिकासँगै दाङको शान्तिनगर गाउँपालिका र डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र परिवर्तन गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा ३ बमोजिम सम्बन्धित पालिका सभाको दुई तिहाई बहुमतले ३ पालिकाको केन्द्र परिवर्तन गर्ने प्रस्ताव पारित गरेपछि सम्बन्धित प्रदेश सरकारको सिफारिस अनुसार सरकारले केन्द्र परिवर्तन गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ को उपदफा ४ बमोजिम ललितपुरको महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ कमलपोखरीबाट हेरफेर गरेर वडा नम्बर ८ लुभु देवीसथानमा कायम गरिएको छ ।
सचिव पन्थका अनुसार दुबै पालिकाको केन्द्र परिवर्तन भएको सूचना राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij