Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

एनआरएनए फ्रान्सको अध्यक्षमा मिनबहादुर

एनआरएनए फ्रान्सको अध्यक्षमा मिनबहादुर

  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको एघारौं महाधिवेशनबाट मिनबहादुर श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।

    images
    images
    images

    केन्द्रीय प्रतिनिधि परशुना कंडेलका अनुसार आइतबार सम्पन्न महाधिवेशनमा सबै पदमा निर्विरोध निर्वाचन भएको हो । महाधिवेशनबाट ११ सदस्यीय कार्यसमिति र १ जना आईसीसी सदस्य सर्वसम्मतिले निर्वाचित भएका छन् ।

    images

    कार्यसमितिको उपाध्यक्षमा लालबहादुर सोडारी चन्द, महिला उपाध्यक्षमा निर्मला शाही, महासचिवमा राजु बस्नेत खप्तडी, र कोषाध्यक्षमा निरज सोडारी चन्द चयन भएका छन् ।

    महिला प्रतिनिधिमा यामकला पौडेल र युवा प्रतिनिधिमा मानबहादुर विक चयन भएका छन् । सदस्यहरूमा सन्दिपा गुरुङ, रम्बा तामांग, प्रकाश तामांग र कृष्ण महर्जन छन् ।

    आईसीसी सदस्यमा लोक बहादुर पुन निर्वाचित भएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij