
Jul 18 2025 | २०८२, साउन २ गते
काठमाडौं । सङ्घीय सरकारको सञ्चित कोष २ खर्ब ४ अर्ब रुपैयाँले घाटामा गएको छ । सरकारले राजस्व, अनुदान तथा आन्तरिक र बाह्य ऋण लिएर प्राप्त गरेको रकमभन्दा बढी रकम खर्च गरेकाले सञ्चित कोष घाटामा गएको हो ।
सङ्घीय सरकारको खातामा राजस्व, ऋण र अनुदानको पैसा नभए पनि धरौटी खाता, विभिन्न कोषमा पैसा भएकाले सो रकमका आधारमा अर्थ मन्त्रालयले विभिन्न खर्चको भुक्तानी गरिरहेको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा सरकारको सञ्चित कोष २ खर्ब २४ अर्ब ९९ करोडले घाटामा थियो । चालु आर्थिक वर्षको अन्त्यसम्म २० अर्ब कम हुँदै २ खर्ब ४ अर्ब भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा ११.३३ प्रतिशत बढी राजस्व सङ्कलन भएपछि सरकारको सञ्चित कोषमा सुधार आएको देखिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ थियो भने आर्थिक वर्ष २०८०/०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो ।
सरकारले अब २०८२/८३ मा १३ खर्ब १५ अर्ब राजस्व सङ्कलनको लक्ष्य राखेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij