
Jul 06 2025 | २०८२, असार २२ गते
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आइतबार भेटवार्ता भएको छ । मेयर शाहले दिउँसो भण्डारीको निवास पुगेर भेट गरेका हुन् । बालेन निकट स्रोतका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक तथा सामाजिक विषयमा छलफल भएको थियो ।
यद्यपि भेटमा उठेका विषयवस्तु सार्वजनिक गरिएको छैन । स्रोतका अनुसार भेट ‘शिष्टाचार तथा विचार आदानप्रदान’का लागि भएको हो ।
पूर्वराष्ट्रपति भण्डारीले केही दिनअघि मात्रै आफू नेकपा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी थिइन् । मेयर शाह भने स्वतन्त्र हैसियतमा राजधानीको नेतृत्व गरिरहेका छन् ।
दुवै व्यक्तित्वको यो भेटलाई राजनीतिक सन्दर्भमा विशेष चासोका साथ हेरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij