Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले लागुऔषधको कारोबारमा संलग्न दुई युवालाई पक्राउ गरेको छ ।
बाराका नवबहादुर वाइबा र दावा योञ्जनलाई लागुऔषधसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं गणपति सन्तोषकुमार बस्नेतले जानकारी दिए ।
उनीहरुको साथबाट ट्रमोल ३०० थान, निट्राजेपाम ट्याब्लेट १४० थान र नेटजेटकेयर पाँच थान लागुऔषध बरामद गरिएको छ ।
सीमासुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलले रौतहट जिल्लाको सिमाना पारी रहेका भारतीय बजारबाट लुकिछिपी हुने लागुपदार्थसहित सबै किसिमका अवैधधन्धाको न्यूनीकरण तथा नियन्त्रणका लागि सक्रियताका साथ योजनाबद्ध ढङ्बाट काम गरिहेको गणपति बस्नेतले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij