Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । रास्वपाको जारी जिल्ला अधिवेशन अन्तर्गत बागमती प्रदेशका १३ मध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ ।
सिन्धुपाल्चोकको अधिवेशन भने विविध कारणले स्थगित भएको प्रवक्ता भनिष झाले बताएका छन् ।
९ जिल्लाका निर्वाचित जिल्ला सभापतिहरूको सूची यसप्रकार छ-
१.काठमाडौंः राजा शाक्य
२.भक्तपुरः रामेश्वर बस्नेत
३.काभ्रेपलाञ्चोकः प्रबिन ढकाल
४.सिन्धुलीः अविनाश बस्नेत
५.रामेछापः रमेश रायमाझी
६.दोलखाः दिनेश बस्नेत
७.नुवाकोटः रामेश्वर गजुरेल
८.धादिङः राजन अर्याल
९.मकवानपुरः सन्जिव पाठक
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij