Logo

Jul 06 2025 | २०८२, असार २२ गते

Jul 06 2025 | २०८२, असार २२ गते

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन्: गभर्नर पौडेल

ऋण दिँदैमा व्यवसायी सफल हुँदैनन्: गभर्नर पौडेल

  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने टिप्पणी गरेका छन् ।

    images
    images
    images

    पछिल्लो तीन दशकमा बैंकबाट ऋण कसरी प्रवाह हुन्छ भनेर परीक्षण गरिसकेकाले ऋण दिँदैमा व्यवसायी सफल हुन नसक्ने उनको भनाइ थियो ।

    images

    अर्थ समितिको आइतबारको बैठकमा उनले बैंकमा पर्याप्त तरलता रहेपनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन नसक्ने उल्लेख गरे । गभर्नर पौडेलले देशको विकासलाई अघि बढाउन वित्तीय नीतिमै सुधार गर्नुपर्ने उनले बताए ।

    ‘देशको विकासलाई अघि बढाउने भनेको वित्तीय नीतिले नै हो । वित्तिय नीतिले लिड लियो भने मात्रै हामीले कदममा कदम मिलाउने हो । बैंकमा पर्याप्त तरलता रहे पनि व्यवसायी र किसानसँग पर्याप्त सीप क्षमता नभए त्यसको माग हुन नक्दैन । मृगको सङ्ख्या नबढाई बाघको सङ्ख्या बढ्दैन । ऋण दिँदैमा व्यवसायी सफल भएर निस्किँदैन उनले भने ’ ।

    सांसद भगवती चौधरीले सानो पुँजी भएका वित्तीय संस्थालाई दुई प्रतिशतको व्यवस्थालाई निरन्तरता दिनुपर्ने बताइन् ।

    images

    ‘वित्त कम्पनीहरु स्लो मोसनमा अगाडि बढ्यो होला । २ प्रतिशत एकैचोटि धेरैलाई गर्दा एक प्रतिशत पनि बाँटफाँट गर्न पर्नेभयो । बैंकरहरुले कर्जा लिन नपाउने हुँदा २ प्रतिशतमा राख्दै राम्र्रो हुन्छ भन्ने लाग्छ,’उनले भनिन् । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बैंकहरु सरकारी स्वामित्वको मात्रै हुनुपर्ने माग राखेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij