Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

मिस ग्राण्ड नेपाल २०२५’

'मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

'मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानलाई

  • काठमाडौं । ‘मिस ग्राण्ड नेपाल २०२५’ को उपाधि चाहाना प्रधानले हात पार्न सफल भएकी छन्।

    onlinepatrika
    Arghakhachi

    नेपाल प्रहरी क्लबमा आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा सम्पन्न उक्त सौन्दर्य प्रतियोगितामा देशभरका प्रतिस्पर्धीहरू मध्ये चार जना उत्कृष्ट युवतीहरूले विभिन्न उपाधि जित्दै नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गरेका थिए ।

    AGNI GROUP

    उक्त समारोहमा देशभरका युवा प्रतिभाहरुको सहभागिता देखिएको थियो भने दर्शकहरूको उपस्थिति पनि उल्लेखनीय थियो।

    सुन्दरतासँगै आत्मविश्वास, सामाजिक उत्तरदायित्व र प्रतिभाको मुल्यांकन गर्दै निर्णायक मण्डलले फरक फरक विधामा चार जना विजेताहरूलाई ताज पहिराएका हुन्।

    चार प्रमुख उपाधि विजेताहरू ,चाहाना प्रधान – मिस ग्राण्ड नेपाल २०२५ गरिमा गुरुङ – मिस टुरिजम वल्र्ड नेपाल २०२५ स्नेहा केसी – मिस सुपर ग्लोबल नेपाल २०२५  सञ्जना गुरुङ – मिस ग्राण्ड युनिभर्स नेपाल २०२५ यी विजेताहरूले न केवल सौन्दर्यको ताज जिते, तर अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर पनि पाए। उनीहरू आगामी वर्ष २०२५ / २०२६ मा हुने विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागी हुँदै नेपालको पहिचान विश्वसामु उजागर गर्नेछन्।

    मुख्य बिजेताले भख स्कूटर र चारै विजेताहरूले नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, साथै नेपाली चलचित्र क्षेत्रमा अभिनय गर्ने अवसर समेत प्राप्त गरेका छन्। आयोजक संस्था आर.के. इन्टरटेन्मेन्ट ग्रुपले उनीहरूलाई अभिनय तालिम, फेसन ट्रेनिङ र अन्तर्राष्ट्रिय स्तरको तयारीमा सहयोग गर्ने जनाएको छ।

    प्रतियोगिता भव्य र स्तरिय रुपमा प्रस्तुत गरिएको थियो। यसका लागि देशकै चर्चित कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गरेका थिए। मेकअप आर्टिस्ट रोजिना सुवाल,मिना जाकि ,फोटोग्राफर सन्दीप पण्डित, भिडियो ग्राफीको जिम्मेवारी आर.के ग्रुपले लिएको थियो भने प्रतियोगिताको पोशाक डिजाइनर नविन लुइँटेल तयार पारेका थिए। सम्पूर्ण टिमले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास गरेका हुन् ,जसको सबै अतिथि र दर्शकहरूले खुलेर गरेका मिस ग्रान्ड नेपालको तारिफ गरेका थिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij