Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

एमआरपी सम्बन्धी निर्देशन विरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन

एमआरपी सम्बन्धी निर्देशन विरुद्ध व्यवसायी, मन्त्रीलाई बुझाए ज्ञापन

  • काठमाडौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी एमआरपी सम्बन्धी निर्देशनका विरुद्धमा सरकारसँग औपचारिक ध्यानाकर्षण गराएको छ ।

    onlinepatrika
    Arghakhachi

    महासंघले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै हालको अवस्थामा एमआरपी प्रणाली सबै वस्तुमा लागू नगर्न आग्रह गरेको हो ।

    AGNI GROUP

    महासंघका अध्यक्ष मनोजबाबु श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा, संरचनात्मक पूर्वाधार अभाव, मौसमी तथा भौगोलिक चुनौती, तथा मुलुकको जटिल आर्थिक अवस्थाको उल्लेख गर्दै, एमआरपी प्रणालीको अव्यावहारिक पक्षप्रति चिन्ता व्यक्त गरिएको छ ।

    ‘पूर्वाधार तयार नगरी तथा सरोकारवालासँग समन्वय नगरी एमआरपी लागू गर्ने निर्णयले व्यवसायीहरू थप संकटमा पर्नेछन्,’ज्ञापन पत्रमा भनिएको छ । महासंघले यस्तो निर्णय तत्काल सबै वस्तुहरूमा लागू नगरी केवल अत्यावश्यक वस्तुहरूमा चरणबद्ध ढंगले लागू गर्नुपर्ने सुझाव दिएको छ ।

    ज्ञापन पत्रमा कोभिड महामारीपछिको आर्थिक मन्दी, प्राकृतिक प्रकोप, खुला सिमानाबाट भइरहेको अनाधिकृत कारोबार, तथा युवावर्गको वैदेशिक पलायन जस्ता विषय उठाउँदै व्यवसायीहरूले झेल्नुपरेका समस्याहरूको समग्र मूल्यांकन नगरी निर्णय गर्नु व्यवसायीहरूप्रति अन्याय भएको उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij