
Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा 'भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८१' प्रदान गरिएको छ ।
सो सम्मान गायनतर्फ बरिष्ठ गायिका चन्द्रकला शाह र संगीततर्फ बरिष्ठ संगीतकार शीला बहादुर मोक्तानलाई जनही नगद पुरस्कार एक लाखसहित प्रदान गरिएको छ । कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ दिवंगत कलाकार घनश्याम गौतमलाई प्रदान गरिएको छ ।
कलाकार गौतमकी धर्मपत्नी यूगज्योति क्रियाशिलले उक्त सम्मान ग्रहण गरेकी थिइन् । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशिल स्वास्थ्योपचार गराइरहेका संगीतकर्मीलाई प्रदान गर्दै आएको छ । सो सम्मान भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए ।
भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्याउदै आएको छ ।त्यसैगरी सिटी एक्सप्रेसले सामाजिक उत्तर दायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठान लाई साथ दिदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij