Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

जुम्लामा पुँजीगत खर्च ६७ प्रतिशत मात्र

जुम्लामा पुँजीगत खर्च ६७ प्रतिशत मात्र

  • काठमाडौं । जुम्लाको विकासका लागि सङ्घीय सरकारले गत आर्थिक वर्ष २०८१/८२ मा विनियोजन गरेको कूल बजेट मध्ये ६७ दशमलव ९१ प्रतिशत मात्र  खर्च भएको छ । 

    onlinepatrika
    Arghakhachi

    पुँजीगत तर्फ तीन अर्ब पाँच करोड ११ लाख २७ हजार रुपैयाँ विनियोजन गरिएकामा दुई अर्ब आठ करोड १९ लाख ८५ हजार रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख मीनबहादुर घर्तीमगरले जानकारी दिए  । 

    AGNI GROUP

    यहाँका आठ वटा स्थानीय तहसहित जिल्लाका ३६ वटा सङ्घीय सरकारका मातहतका कार्यालयका लागि चालु र पुँजीगतका लागि जम्मा बजेट आठ अर्ब ६३ करोड ६० लाख बजेट विनियोजन भएको थियो ।चालुतर्फ पाँच अर्ब ५९ करोड ४९ लाख रुपैयाँ बजेटमध्ये  पाँच अर्ब २८ करोड ८१ लाख रुपैयाँ अर्थात् ९४ दशमलव ९६ प्रतिशत बजेट चालुतर्फको खर्च भएको छ ।

    पुँजीगततर्फ तीन अर्ब पाँच करोड ११ लाख २७ हजार रुपैयाँ विनियोजन बजेटमध्ये दुई अर्ब आठ करोड १९ लाख ८५ हजार रुपैयाँ अर्थात् ६७ दशमलव ९१ प्रतिशत मात्र खर्च भएको छ । कूल बजेटको चालु र पुँजीगत गरी सात अर्ब ३७ करोड एक लाख २५ हजार अर्थात् ८५ दशमलव २३ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका प्रमुख घर्तीमगरले बताए । 

    कूल बजेटको एक अर्ब २७ करोड ५९ लाख १७ हजार विकास बजेट खर्च नभएर फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ । 

    उक्त कार्यालयको पुँजीगततर्फ जुन बजेट खर्च हुन नसक्दा ७५ करोड दुई लाख ६९ हजार बजेट खर्च फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij