Logo

Jul 22 2025 | २०८२, साउन ६ गते

Jul 22 2025 | २०८२, साउन ६ गते

विमान दुर्घटना

ढाका विमान दुर्घटना: अहिलेसम्म १९ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

ढाका विमान दुर्घटना: अहिलेसम्म १९ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

  • काठमाडौं । बंगलादेश वायु सेनाको एफ-७ प्रशिक्षण विमान दुर्घटनामा अहिले सम्म १९ जनाको मृत्यु भएको छ । १५० जना भन्दा बढी घाइते भएको डेली सनले जनाएको छ ।

    images
    images
    images

    घाइतेहरूको ढाका मेडिकल कलेज अस्पताल,संयुक्त सैन्य अस्पताल, कुर्मिटोला जनरल अस्पताल, र राष्ट्रिय बर्न एण्ड प्लास्टिक सर्जरी संस्थान लगायतमा उपचार भइरहेको छ ।

    images

    राजधानी ढाकाको उत्तरा क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको थियो ।  विमान स्थानीय समयअनुसार सोमबार दिउँसो १:०६ बजे उडेको थियो र करिब १:३० बजे उत्तरा १७ मा रहेको माइलस्टोन कलेजको तीन तल्ले भवनमा खसेको अन्तर-सेवात्मक जनसम्पर्क (आईएसपीआर)ले जनाएको छ ।

    घटनास्थलमा बंगलादेश सेनाका जवानहरू र अग्नि नियन्त्रण तथा नागरिक सुरक्षा विभागका आठवटा दमकल परिचालन गरिएको अग्नि नियन्त्रक सेवा तथा नागरिक प्रतिरक्षाले जनाएको छ ।

    घटनाको प्रत्यक्ष दर्शी र माइलस्टोन कलेज नजिकैको अफिस ‘Friendship & Cooperation Recruitment’ मा कार्यरत साद्मान रुहसिनका अनुसार विमानले विद्यालय भवनलाई ठोक्किएको थियो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij