
Jul 23 2025 | २०८२, साउन ७ गते
काठमाडौं । भक्तपुरको लोकन्थलीमा एक बेवारिसे महिला अचेत अवस्थामा फेला परेकी छन् ।
आज बिहान करिब ७:४० बजे मध्यपुर थिमी नगरपालिका–१ स्थित आँखा अस्पताल नजिकको सडक छेउमा ती महिला अशक्त अवस्थामा भेटिएकी हुन् । स्थानीयले जानकारी दिएपछि प्रहरी टोलीले महिला उद्धार गरी उपचारका लागि भक्तपुर इन्टरनेशनल अस्पताल, कौशलटारमा भर्ना गरेको छ । हाल उनी अस्पतालको आईसीयू मा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
महिलाको नाम, ठेगाना खुल्न सकेको छैन । उनी अन्दाजी ३५–४० वर्षकी देखिन्छिन् ।
यदि कोही व्यक्तिले ती महिलालाई चिनेको वा आफन्त भएको थाहा पाएको खण्डमा नजिकैको प्रहरी कार्यालय वा भक्तपुर इन्टरनेशनल अस्पतालमा जानकारी गराईदिन अनुरोध गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij