
Jul 23 2025 | २०८२, साउन ७ गते
काठमाडौँ । प्रहरीले उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ गरेको छ ।
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरको चौदण्डीगढी नगरपालिका-९ अजयगरा बस्ने १९ वर्षीय सुजन सदालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यसैगरी ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको बिहादी गाउँपालिका-६ चर्काङ बस्ने ६४ वर्षीय भुवान्नद तिवारीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भुवानन्दले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी सेतीवेणीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij