Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

औपचारिक चीन भ्रमण

उपसभामुख इन्दिरा ६ दिने औपचारिक चीन भ्रमणमा

उपसभामुख इन्दिरा ६ दिने औपचारिक चीन भ्रमणमा

  • काठमाडौं । संघीय संसद,प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानामगर जनवादी गणतन्त्र चीन प्रस्थान गरेकी छन् । 

    onlinepatrika
    Arghakhachi

    मंगलबार राती उपसभामुख रानामगर दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको हेनान प्रान्ततर्फ ६ दिने औपचारिक भ्रमणका लागि प्रस्थान भएकी हुन् । 

    AGNI GROUP

    उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा संघीय संसद सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत रहेका छन् । 
    सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार चीनको हेनान प्रान्तमा आज ९साउन ७० गतेदेखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    उक्त कार्यक्रमा उनले आफ्नो मन्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।  उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानहरूको अवलोकन भ्रमणसमेत गर्ने छिन् । 

    भ्रमण सम्पन्न गरी उपसभामुख श्रावण ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij