Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ । सर्लाहीमा रहेको प्रादेशिक अस्पताल मलंगवाका चिकित्सक माथि हातपात गर्नेलाई कारवाहीको माग गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरिएका छन् ।
अस्पतालमा हड्डी भाँचिएर उपचारका लागि आएका मलंगवाका एक जना बिरामीलाई अन्यत्र रेफर गर्ने विषयलाई लिएर गएको सोमबार राति बिरामीका आफन्तले अस्पतालमा कार्यरत अर्थोपेडिक डा. कृष्णजंग साहमाथि हातपात गरेका थिए ।
डा. साहमाथि हातपात गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गर्दै अस्पतालमा कार्यरत चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीले दुइ दिनदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेका हुन् ।
नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ती जारी गरी चिकित्सक माथि हातपात गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेको छ । अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा. सन्जिव सिंहले दोषी माथि कानूनी कारवाहीको माग गर्दै अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको बताए ।
अस्पतालले ओपिडी, ल्याब, एक्सरे लगायतका अन्य सेवा पूर्ण रूपमा बन्द भएको उनले जानकारी दिए ।चिकित्सकको आन्दोलनका कारण आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द हुँदा उपचारका लागि आउने बिरामी मारमा परेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij