Logo

Jul 24 2025 | २०८२, साउन ८ गते

Jul 24 2025 | २०८२, साउन ८ गते

यामाहा मोटरसाइकल बिक्रीमा बदमासी !

यामाहा मोटरसाइकल बिक्रीमा बदमासी !

  • काठमाडौं । नेपालमा यामाहाका पुराना मोडलका मोटरसाइकललाई नयाँ भन्दै बिक्री गरेको खुलेको छ । यामाहा मोटरसाइकल बिक्रीमा गरिएको बदमासी उपभोक्ता अदालतसम्म पुगेको छ ।

    images
    images
    images

    नुवाकोटको विदुर नगरपालिका-१३ का नानीकाजी खड्काले आफूलाई पुरानो मोडलको मोटरसाइकल नयाँ भनि बेचेको भन्दै उपभोक्ता अदालत गुहारेका छन् । जिआरएस टु व्हिलर्स प्रालि, सोहि प्रालीका म्याजेजिङ डाइरेक्टर गौतम पाटी र एमएडब्लू प्रालीविरुद्ध उनले मुद्दा हालेका हुन् ।

    images

    २०८१ असोज १८ गते नानीकाजी खड्काले यामाहा कम्पनीको एफजेड–एक्स बीएससिक्स मोडेलको मोटरसाइकल किनेका थिए । उनले काठमाडौंको जमलमा रहेको जिआरएस टु व्हिलर्स अटो प्रालीबाट ४ लाख ४५ हवार ९ सय रुपैयाँमा उक्त मोटरसाइकल खरिद गरेका थिए ।

    जसमा उनको पुरानो हिरो होण्डा मोटरसाइकलबाट ९० हजार र ४५ हजार ९ सय रुपैयाँ छुट पाएका थिए । यो घटाउँदा उनले ३ लाख १५ हजार रुपैयाँ कम्पनीलाई भुक्तानी दिएका थिए ।

    उनलाई कम्पनीले मोटरसाइकलको इन्जिन, ब्याट्री लगायतका पार्टपूर्जामा १८ महिनाको वारेन्टी दिने भन्यो । उक्त वारेन्टी कार्ड भने नदिइ मौखिकरुपमा दिइयो । खरिद बिल र सवारी दर्ता प्रमाणपत्र पछि उपलब्ध गराउने भनि भुक्तानीको बिल समेत नदिइ चलान पुर्जी मात्रै खड्काको हातमा कम्पनीले थमाइदियो ।

    images

    सोहि चलान पुँर्जी बोकेर खड्का गए । पछि उनले जब सवारी दर्ता प्रमाणपत्र पाए त्यसपछि खुल्यो कम्पनीको बदमासी । उनले उक्त मोटरसाइकल सन् २०२२ मा बनेको थाहा पाए । उनले पुरानो मोडल रहेको भनेपछि उनलाई कम्पनीले एक वर्ष अगाडी मात्रै बनेको तर हालै मात्र लञ्च गरेको आश्वासन दियो । कम्पनीले उनलाई नयाँ नै मोटरसाइकल भनी विश्वास दिलाएको थियो । खड्काले पत्याए पनि ।

    तर, प्रयोग गर्न थालेको केहि समयमा नै उक्त मोटरसाइकलमा समस्या देखिन थाल्यो । उनले अदालतमा हालेको मुद्दामा भनेका छन्, ‘प्रयोग गरेको केहि समयमा नै मोटरसाइकल स्टार्ट नहुने, ब्याट्रीले काम नगर्ने, रङ खुइलिने, पिकअप राम्रो नदिने, धुवाँ बढी फाल्ने, माइलेज अनुसार फ्युल समेत बढी खर्च हुने र इन्जिनमा समस्या आउने गर्यो ।’

    यसबारे उनले कम्पनीलाई जानकारी गराएपछि कम्पनीले उक्त मोटरसाइकल मर्मतका लागि नुवाकोटको सम्बन्धित मर्मत स्थलमा जान भन्यो । जहाँ उनले वारेन्टी म्याद कम्पनीले हटाएको भनेपछि तीन हजार ५०१ रुपैयाँ खर्च गरेर मर्मत गरे ।

    यसबारे उनले जीआरएस टु ह्विलर्सका प्रबन्ध निर्देशक गौतम पार्टी, यामाहा मोटरसाइकलको मुख्य वितरक एमएडब्ल्यू प्रालिसम्म गुहारे । तर, उनको गुनासो कतैबाट पनि सम्बोधन नभएपछि अदालतमा क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका थिए ।

    उक्त मुद्दामा कम्पनीले प्रतिउत्तर दिँदै मोटरसाइकल २०२२ मोडलको रहेको स्वीकार गरेको छ । तर मोटरसाइकल भने गुणस्तरयुक्त रहेको दाबी गरेको छ ।

    तर, उक्त मुद्दामा उपभोक्ता अदालतले कम्पनीको बदमासी देखिएको भन्दै खड्काको पक्षमा फैसला सुनाएको छ । गुणस्तरहिन मोटरसाइकल बिक्रेताले झुक्याएको, बिक्रेताले बिलबिजकमा कमजोरी गरेको र वारेन्टीमा गरेको करार उल्लंघन गरेकोले जिआरएस र एमएडब्लूबाट तीन लाख ९३ हजार क्षतिपूर्तिवापत खड्कालाई भराइदिने अदालतले आदेश दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij