Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

लगातार बढिरहेको सुनको भाउ आज घट्यो

लगातार बढिरहेको सुनको भाउ आज घट्यो

  • काठमाडौं । नेपाली बजारमा छ दिनदेखि लगातार बढिरहेको सुनको मूल्य बिहीबार भने घटेको छ । गत बिहीबारदेखि सुनको मूल्य बढिरहेको थियो ।

    images
    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँले घटेर १ लाख ९५ हजार २ सयमा कारोबार भइरहेको छ ।

    images

    यसअघि बुधबार २ हजार १ सय रुपैयाँले बढेर सुन तोलाको १ लाख ९७ हजार ६ सयमा कारोबार भएको थियो । मंगलबार सुन तोलामा तोलामा १ हजार ८ सय रुपैयाँले बढेको थियो । यसअघि सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको थियो । झन् त्यसअघि गत बिहीबार, शुक्रबार र आइतबार सुनको भाउ तोलामा क्रमश: ३ सय, २ सय र ८ सय रुपैयाँले बढेको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी २ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij