Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

हिँडिरहेकी महिलाको साथमा भेटियो ६ किलो चरेस

हिँडिरहेकी महिलाको साथमा भेटियो ६ किलो चरेस

  • काठमाडौं । प्रहरी अवैध लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका घर भइ हाल काठमाडौंको चन्द्रागिरीमा बस्दै आएकी ३९ वर्षीया पार्वती मगर रहेकी छन् ।

    images
    images
    images

    बुधबार राति ९ बजेको समयमा चन्द्रागिरी नगरपालिका ११ सतुंगलस्थित सडकमा हिँडिरहेकी थिइन् । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसरबाट प्रहरी टोलीले उनको पिछा गरेको थियो । शंकास्पद झोला बोकेर हिँडिरहेकी उनलाई प्रहरीले चेकजाँच गरेको थियो ।

    images

    जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी अपिल बोहराका अनुसार ती महिलाले बोकेको जेब्रा झोला चेकजाँच गर्दा ७ केजी तौल भएको चरेस बरामद गरिएको हो ।

    उनको साथबाट १२ वटा पोकामा प्याक गरिएको अवस्थामा चरेस फेला परेको थियो । उनलाई जिल्ला अदालत काठमाडौंबाट थप ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको एसपी बोहराले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij