Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाँदैछन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओलीले मधेश प्रदेशको सुख्खा र त्यसको असरको अवलोकन गर्न महोत्तरी र बारा जान लागेको बताएका छन् ।

    images

    उनले भनेका छन्- आज महोत्तरी र बारा जाँदै छु । तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तु स्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौं भन्ने लागेको छ ।

    आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ । 'मधेश प्रदेशमा सुख्खाका कारण जनजीवन अस्तव्यस्त बनेपछि सरकारले मधेश प्रदेशका ८ जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

    सरकारले तीन महिनाको लागि मधेश प्रदेशभर विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij