Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–४ कुसुण्डी जाने बाटोमा प्रहरीले गोली प्रहार गर्दै एक भारतीय नागरिकलाई लागुऔषधसहित नियन्त्रणमा लिएको छ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झाझपट्टी, जिल्ला प्रहरी कार्यालय सिरहा र लागुऔषध नियन्त्रण व्युरो गोलबजारबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एम् ७३३८ नम्बरको मोटरसाइकललाई रोक्ने प्रयास गरेको थियो ।
तर चालक नरोकी भागेपछि प्रहरी नायब निरीक्षक रामबालक ठाकुरले टाइप–७७ पेस्तोल प्रयोग गरी एक राउण्ड गोली प्रहार गरेका थिए ।
गोली प्रहारपछि मोटरसाइकलसहित नियन्त्रणमा लिइएका व्यक्ति भारतको मधुवनी जिल्लास्थित बिरपुर ग्राम पंचायत–९ निवासी ३८ वर्षीय श्याम सुन्दर पासवान रहेका छन्। उनको साथबाट अन्दाजी ५० ग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद लागुऔषध र मोटरसाइकल सहित पासवान लाई थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेशपुरपतार पठाइएको छ।
सिरहा प्रहरीका सूचना अधिकारी तथा डिएसपी बिरेन्द्र कुमार पासवानका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij