
Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौँ । भारतको उत्तराखण्ड स्थित हरिद्वारमा रहेको मनसा देवी मन्दिरमा भागदौड भएको छ ।
भागदौडमा ६ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । भागदौडको ३० जनाभन्दा बढी घाइते भएको र घटनाको विस्तृत विवरण आउनेक्रममा रहेको छ ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनाप्रति दुख व्यक्त गर्दै भनेका छन्- 'हरिद्वारको मनसा देवी मन्दिरमा भएको भागदौडको बारेमा धेरै दुखद खबर प्राप्त भएको छ ।
उत्तराखण्ड एसडीआरएफ, स्थानीय प्रहरी र अन्य उद्धार टोलीहरू घटनास्थलमा पुगेका छन् र राहत र उद्धार कार्यमा संलग्न छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij