Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाल वायुसेवा निगमलाई ‘बेस्ट एअरलाइन्स अन नेपाल रुट’ को प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित दशौं इन्टरनेशनल टुरिज्जम कन्क्लेभ एण्ड ट्राभल अवार्ड (आइटीसीटी ए) २०२५ को अवसरमा सो अवार्ड प्रदान गरिएको हो ।
नयाँ दिल्लीस्थित होटल मेरिडिएनमा आयोजित एक समारोहमा आइसीएम ग्रुपमा अध्यक्ष तथा प्रबन्ध निर्देशक अजय गुप्ता र भारत सरकारका प्रतिनिधि नासिर असलम वानीद्वारा संयुक्त रुपमा निगमलाई सो सम्मान प्रदान गरिएको हो ।
प्रत्येक वर्ष पर्टटन तथा उड्डयन क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने प्रतिष्ठित संस्थाहरु मध्येबाट छनोट गरी अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्रदान गर्ने उद्देश्यले आयोजना हुने आइसीसीटीए अवार्ड समारोहको यस संस्करण्मा भारत सरकारका वरिष्ठ अधिकारी, पर्यटन बोर्डका प्रतिनिधि, अग्रणी टुर अपरेटर, भारतीय तथा अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा प्रमुख व्यावसायीलगायत विज्ञहरुको सक्रिय उपस्थिति रहेको समारोहमा नेपाल वायुसेवा निगमको तर्फबाट दिल्लीस्थित कार्यलयका प्रतिनिधि कमल ज्ञवाली, रमन निरौला, भानुभक्त कटुवाललगायत सहभागी भइ निगमलाई प्रदान गरिएको अवार्ड ग्रहण गरेका थिए ।
उक्त सम्मानले नेपाली राष्ट्रिय ध्वजावाहकको रुपमा नेपाल वायुसेवा निगमको प्रतिष्ठालाई थप बलियो बनाएको निगमनले जनाएको छ ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij