
Aug 02 2025 | २०८२, साउन १७ गते
काठमाडौं । काठमाडौंको सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिरनजिक बोलबम नुहाउने क्रममा खोलामा फसेका पाँच जनाको सकुशल उद्धार गरिएको छ।गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने उक्त स्थानमा आज बिहान साढे २ बजेतिर नुहाउने क्रममा एक्कासि खोलाको बहाव बढेपछि चार जना भारतीय नागरिक र एक जना नेपाली बिच खोलामा फसेका थिए ।
घटनापछि चन्दननाथ गणबाट खटिएको नेपाली सेनाको उद्धार टोली, अन्य सुरक्षा निकाय तथा स्थानीयको सक्रियतामा उनीहरूलाई सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
सावन महिनामा बोलबमका लागि आएका भक्तजनले सुन्दरीजलको खोलामा नुहाउने क्रम बढेको हुँदा यसरी आकस्मिक रुपमा बहाव बढ्दा जोखिम हुने सम्भावना बढी हुने जनाइएको छ । सुरक्षाकर्मीहरूले नदी किनारमा सावधानी अपनाउन आग्रह गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij