Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

७५ लाख नगदसहित पोखराबाट तीन जना कारोबारी पक्राउ

७५ लाख नगदसहित पोखराबाट तीन जना कारोबारी पक्राउ

  • काठमाडौं । पोखराबाट स्रोत नखुलेको लाखौं नेपाली र विदेशी रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । कास्की प्रहरीले पोखरा महानगरपालिका-१० बिरौटाबाट तीन जनालाई पक्राउ गरेको हो । 

    onlinepatrika
    Arghakhachi

    शंकास्पद रूपमा विदेशी रुपैयाँ विनिमय गरिरहेको सूचनाका आधारमा गएको टोलीले रुपन्देही सिद्धार्थनगर–१३ हाटबजारका रेष्टुरेन्ट सञ्चालक ४५ वर्षीय महुमुद्दिन एम अहमदसहितलाई पक्राउ गरेको हो । 

    AGNI GROUP

    अन्य पक्राउ पर्नेमा झापा दमक नगरपालिका–४ का ४५ वर्षीय राजकुमार बुढाथोकी रहेका छन् । पोखरा–६ बैदाम बस्दै आएका उनी हिलारी मनि चेन्जरका सञ्चालक हुन् ।

    यस्तै, प्रहरीले पोखरा–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेललाई पक्राउ गरेको छ । उनी सगरमाथा मनी चेन्जरका सञ्चालक रहेको प्रहरीले जनाएको छ ।

    तीनै जनालाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्र बैंक अन्तर्गतको कसुरमा अनुसन्धान थालिएको जनाएको छ । कास्की प्रहरी प्रमुख श्याम ओलियाका अनुसार उनीहरूको साथबाट ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली बरामद भएको छ । 

    यस्तै, अमेरिकी डलर १९ हजार ६००, युरो ३ हजार २०० बरामद भएको छ। हालको मुद्रा दर अनुसार बरामद रकम जम्मा ७५ लाख ९६ हजार ९०० रहेको ओलियाले बताए । 

    पक्राउ परेका महुमुद्दिन रुपन्देही तथा पोखरामा रेष्टुरेन्ट व्यवसायी गर्ने व्यक्ति हुन् । उनी विदेशी मुद्राको अवैध सटही सम्बन्धी कारोबार गर्ने गर्छन् । 

    बुढाथोकी २० वर्षदेखि लेकसाइटमा मनी चेन्जर सञ्चालन गरिरहेका व्यक्ति हुन् । उनले विदेशी मुद्राको अवैध सटहीको कारोबार गर्ने गरेको प्रहरीको भनाइ छ ।

    यस्तै, पौडेल विगत १४ वर्षदेखि लेकसाइडमा मनी एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध रुपमा विदेशी मुद्रा सटहरी सम्बन्धी काम गरिरहेको प्रहरीको भनाइ छ। 

    उनीहरूलाई राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ अनुसार विदेशी मुद्रा विनिमय गरेको कसुरमा अनुसन्धान थालिएको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij