Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नक्कली सुन देखाई ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मध्यपुर थिमी नगरपालिका-८ बोडे बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ घर भएका २८ वर्षीय बुद्धी बहादुर तामाङ र चाँगुनारायण नगरपालिका-८ सुडाल बस्ने नुवाकोट घर भएका २२ वर्षीय सुमन तामाङ रहेका छन् ।
नक्कली सुन देखाई प्रति तोला १ लाख १० हजार रूपैयाँमा दिन्छु भनी प्रलोभनमा पारी २०८१ फागुन २५ गते सूर्यविनायक नगरपालिका-६ बस्ने ओखलढुङ्गा घर भएका पीडितलाई भक्तपुर इबामोरा चोक नजिक बोलाई उनको साथबाट १२ लाख रूपैयाँ र २०८२ जेठ २७ गते भक्तपुर राधे राधे बस्ने दोलखा घर भएका पीडितलाई भक्तपुर पान्डुबजार नजिक बोलाई ९ लाख ५० हजार रूपैयाँ लिई फरार भएको घटनाको अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई भक्तपुर जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij