Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

हराएका हायु परिवारका सदस्यको नाम खुल्यो, खोजी कार्य जारी

  • काठमाडौँ ।  सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पा बिप्पर कटेरीबाट बेपत्ता भएका हायु परिवारका सदस्यहरूको नाम खुलेको छ । 

    onlinepatrika
    Arghakhachi

    बेपत्ता हुनेमा एकै परिवारका १६ जना रहेका छन् । केही दिनदेखि बेपत्ता उनीहरूको पत्तो लाग्न सकेको छैन । बेपत्ताको खोजीमा रामेछाप र सिन्धुली प्रहरी जुटेको छ ।   

    AGNI GROUP

    एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए । 

    बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए । 

    छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेपछि सोमबार बिहानबाट स्थानीय र प्रहरीले खोजी जारी राखेका छन् ।

    हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ । जलेको भान्सामा काटेर भाँडामा राखेको सुँगुरको मासु फेला परेको छ ।  घर पालुवा जनावर भैँसी, बाख्रा, कुखुरा भने अलपत्र अवस्थामा छन् ।
    हराएको हायु  परिवारका सदस्यहरू:
    १० वर्ष ५२ की उर्मिला हायु (आमा)
    २० वर्ष २७ की कमला हायु (छोरी)
    ३० वर्ष २३ की कोमल माया हायु (बुहारी)
    ४० वर्ष २२ की उषा हायु (छोरी)
    ५० वर्ष १९ की सुजात हायु (छोरी)
    ६० वर्ष १८ की अस्मिता हायु (छोरी)
    ७० वर्ष १२ की शान्ता हायु (छोरी)
    ८० वर्ष २९ को राजु हायु (छोरा)
    ९० वर्ष २४ को हिमाल हायु (छोरा)
    १००वर्ष १६ को लाल बहादुर हायु ( छोरा)
    ११० वर्ष १४ को बेगबहादुर हायु (छोरा)
    १२० वर्ष ११ को लक्की हायु (छोरा)
    १३० वर्ष १२ को सुवर्ण हायु (छोरा)
    १४० वर्ष १० की ओम कुमारी हायु (छोरी)
    १५० वर्ष १ को अर्जुन हायु (नाती)
    १६० वर्ष ४ की रियासा हायु (नातिनी)

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij