
Jul 29 2025 | २०८२, साउन १३ गते
काठमाडौं । चौधरी समूह अन्र्तगतको सिजी ब्रुअरी नेपाल लिमिटेडको सञ्चालन आम्दानी वर्षदिनमै १ अर्ब ८८ करोड रुपैयाँले घटेको छ ।
रेटिङ एजेन्सी कम्पनी इक्रा नेपालले सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको सञ्चालन आम्दानी निरन्तर घट्दो क्रममा देखिएको हो । जस अनुसार आर्थिक वर्ष (आव) २०८०-८१ मा २ अर्ब ६६ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको छ । यस अघि कम्पनीले आव २०७८-७९ मा बियर विक्रीबाट ४ अर्ब ५४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीले नेपाल आइस, मुस्ताङ प्रिमियम स्ट्रोङ, रियल गोल्ड ब्राण्डमा बियर उत्पादन गर्दै आएको छ । इक्रा नेपालको विवरण अनुसार बियर बजारको घट्दो माग र प्रतिस्पर्धा धेरै भएको र कम्पनीको बढेको अन्तःशुल्क लागत उपभोक्ताहरूलाई सर्दा आर्थिक वर्ष २०८०-८१ सञ्चालन घाटा भएको बताइएको छ । साथै उच्च विक्री खर्च (लिक्विडेशन योजनाहरूसँग सम्बन्धित) र डिलरहरूलाई दिइएको छूटले पनि सञ्चालन तथा खुद घाटा बढेको बढेको देखिएको छ ।
सिजी ब्रुअरीमा चौधरी समूहकै एफएमसीजी इकाइ सिजी फुड नेपाल लिमिटेडको मुख्य शेयर रहेको छ । कम्पनीका विभिन्न ११ ओटा ब्राण्ड भए पनि सबैभन्दा धेरै आम्दानी भने नेपाल आइस र मुस्ताङ प्रिमियम स्ट्रोङ बियरको छ ।
नवलपरासीमा रहेको कारखनाबाट कम्पनीले बियर उत्पादन तथा बोटलिङको काम गर्दै आएको छ । कम्पनीले बियर उत्पादनका लागि चाहिने कच्चा पदार्थ युरोप र भारतबाट आयात गर्छ भने अन्य आवश्यक कच्चापदार्थ चामल–कनिका र चिनी भने नेपाली सप्लायर्सबाट खरीद गर्ने गरेको छ । कम्पनीका देशभर ३०० डिलर र ५३ हजार रिटेलहरू छन् । सिजी ब्रुअरीमा चौधरी समूहकै एफएमसीजी इकाइ सिजी फुड नेपाल लिमिटेडको मुख्य शेयर रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij